आदर्श कपमा ८ टिम भिड्ने, उपाधि राशी ४ लाख ९९ हजार ९ सय ९९

पाेखरा | माघ ३, २०८२

आदर्श कपमा ८ टिम भिड्ने, उपाधि राशी ४ लाख ९९ हजार ९ सय ९९

पोखरा:  पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कपमा ८  टिम भिड्ने भएका छन् । 


आदर्श युवा क्लबको आयोजना यही पुस ९ देखि १६ गतेसम्म हुने २६ औं संस्करणको आदर्श कपमा दुई विभागीय क्लबसहित ८  टिमको सहभागिता हुने पक्का भएको हो । 


पोखरामा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणको पुगेको क्लबका अध्यक्ष पदम गुरुङ बताए । 


‘२१ औं संस्करणसम्म जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै अहिले हामी अहिले २६औं संस्करणमा आइपुगेका छौं, अध्यक्ष गुरुङले भने,‘कोभिड लगायत विविध कारणले केही वर्ष प्रतियोगिता हुन नपाएपनि हामीले पुनः प्रतियोगितालाई निरन्तरता दिँदै अहिले पुस ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं ।’


अध्यक्ष गुरुङका प्रतियोगितामा नेपाल प्रहरी गण्डकी, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय, आदर्श युवा क्लब, कास्की ११, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराईजन क्लब वालिङ स्याङ्जा, म्याग्दी खेलकुद विकास समितिको सहभागिता रहनेछ । 


प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । 


यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


प्रतियोगिता सम्पन्न करिव ६१ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । 


प्रतियोगिताको मुख्य प्रायोजकमा फस्ट च्याईस फुड्स लिमिटेड शुद्धोधन–४ रुपन्देही रहेको छ । 

 

 
 

काठमाडौं:  नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्ण...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योत...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् ।  माघी मेलाको अवसरमा सभा युला सभाथर  परिवारको आयोजनामा सम्पन्न भएको प्रति...

थप पढ्नुहोस्